बैतडीका ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस



 

बैतडी । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आवश्यकताअनुसार ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार ११ मतदानस्थलमध्ये छ ओटाको नाम परिवर्तन गरिएको छ, भने पाँच ओटाको स्थान परिवर्तन गरिएको छ । दशरथचन्द नगरपालिका– ५ को साविकको गाविस भवन मतदानस्थलको नाम परिवर्तन गरेर वडा नं ५ कार्यालय पल्लाचौंडाली राखिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका– २ मा साविकको गाविस भवनको ठाउँमा वडा नं २ को कार्यालय, वडा नं ५ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ५ को कार्यालय, वडा नं ६ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ६ को कार्यालय नाम राख्न सिफारिस गरिएको छ ।

यस्तै सुर्नया गाउँपालिका–१ मा साविकको गाविस भवन गुर्केलीको ठाउँमा वडा नं १ को कार्यालय हटैराज नाम राख्न सिफारिस गरिएको छ ।

यस्तै पुर्चौंडी नगरपालिका–७ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ७ को कार्यालय नाम राख्न सिफारिस गरिएको छ । यस्तै पाँच मतदानस्थलको ठाउँ परिवर्तन सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका–८ को साविकको गाविस भवन त्रिपुरासुन्दरीमा रहेको मतदानस्थल स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरीमा राख्न सिफारिस गरिएको छ ।

यस्तै साविकको गुरुखोला गाविस भवनमा रहेको मतदानस्थल मणिलेक मावि गुरुखोला, मेलौली नगरपालिका– २ को साविकको गाविस भवनमा रहेको मतदानस्थल धर्मघर मावि सलेना, दोगडाकेदार गाउँपालिका–७ को साविकको गाविस भवनमा रहेको मतदानस्थल भूमेश्वर आधारभूत विद्यालय रिखाली र सिगास गाउँपालिका ४ कैलपाल आधारभूत विद्यालयमा रहेको मतदानस्थल–४ को कार्यालयमा राख्न सिफारिस गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी नाम र स्थान परिवर्तन गर्न आयोगलाई सिफारिस गरेको हो ।  जिल्लामा १२९ मतदानस्थलका दुई सय पाँच मतदान केन्द्र छन् । बैतडीमा  एक लाख ५१ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।  आगामाी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारीसमेत थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

बंगलादेशमा हिन्दुमाथि भएको हिंसाको विरोध गर्दै वीरगन्जमा हिन्दु युवाहरुले जलाए बंगलादेशको राष्ट्रिय झण्डा

काठमाडौं : बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायमाथि भइरहेको दमन, हत्या तथा हिंसात्मक घटनाको विरोधमा

 सामाजिक सञ्जालमा हामी