रामबाबु गुरुङको ‘फूलबारी’ मा बाबु र छोराबीचको सम्बन्धको कथा



 

 

काठमाडौं । प्रायः कमेडी जनराका फिल्महरू निर्देशन गरिरहेका निर्देशक रामबाबु गुरुङले सोसल ड्रामा ‘फूलबारी’ निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

यशोदा फिल्म्स्ले निर्माण गर्ने फिल्ममा विपिन कार्की, दयाहाङ राई, मिरुना मगर, अरुणा कार्की, सिर्जना सुब्बा, सोमनाथ खनाल, प्रियंका कार्कीलगायतको अभिनय रहने छ ।

बाबु र छोराबीचको सम्बन्धको कथा भन्ने सामाजिक कथावस्तुमा तयार हुने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ । कमलकिशोर मालपानीको कथालाई उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्मका निर्माता मनिष ढकाल हुन् । कमलले आफूहरु राम्रो र स्तरीय फिल्म निर्माण गर्न यस क्षेत्रमा भित्रिएको बताए । ‘नेपाली फिल्मको राम्रो बजार छ । हामी स्तरीय फिल्म दर्शकसम्म पुर्याउन चाहन्छौँ । हामी कति लाग्छतर्फ ध्यान नदिएर दर्शकलाई एउटा स्तरीय फ्याम्ली ड्रामा दिन चाहन्छौँ,’ उनले भने ।

निर्देशक गुरुङले पनि आफू कथावस्तु प्रति विश्वस्त भएकै कारण फिल्म निर्देशन गर्न लागेको बताए । ‘पारिवारिक कथावस्तु हो । यसमा सहजै दर्शक कनेक्ट हुनुहुनेछ । र, भूमिकाअनुसारको पात्र मैले पाएको छु,’ उनले भने । फिल्ममा अभिनय गर्न पाउँदा विपिन निकै उत्साहित छन् । आफ्नो उमेरभन्दा बढी उमेरको देखिन तयार हुनुको कारण कथा नै भएको उनले बताए ।

‘फिल्मले डिमान्ड गरेको क्यारेक्टरअनुसार म फिल्म गर्न तयार भएको हुँ । म कस्तो छु भन्ने भन्दा पनि मेरो क्यारेक्टर फिल्ममा देखिनुपर्छ । त्यसैले जीवन्त बनाउने मेरो प्रयास रहने छ,’ उनले भने । दया फिल्ममा महत्वपूर्ण भूमिकामा छन् । यद्यपि उनको रोल छोटो नै छ । उनले आफ्नो भूमिकाको बारेमा खुलाएनन् । यस अगाडि निर्देशक गुरुङले ‘पुरानो डुंगा’ सोसल ड्रामा जनरामा तयार गरेका थिए ।

यसपटक अघिल्लो फिल्महरूको अनुभवले प्रोजेक्टलाई राम्रो बनाउन मद्दत गर्ने निर्देशक गुरुङ बताउछन् । फिल्मलाई अमेरिकी प्राविधिक जोस हेरमले छायांकन गर्नेछन् । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत हुनेछ ।

५५ वर्षमा पनि कसरी फिट देखिन्छिन् माधुरी दीक्षित?

काठमाडौं।  बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित ५५ वर्षको उमेरमा पनि निकै फिट र

जातबारे रोचक प्रसंग : उपाध्याय र जैसी कसरी भए ?

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ ।

सेक्स टिप्स- मर्निङ वाकभन्दा मर्निङ सेक्स उत्तम

काठमाडौं । सेक्सका लागि सबैभन्दा उत्तम समय कुन हुन सक्छ रु धेरैजसो जोडीको

टिकटकमाथि प्रतिबन्ध, मारमा साना व्यवसायी

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ । एक

 सामाजिक सञ्जालमा हामी