श्रीलंकामा अन्ततः चार महिनापछि प्रदर्शनकारीले नै हटाए प्रदर्शन स्थल



 

कोलम्बो । अघिल्लो सरकारलाई पतन गर्ने श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपतिको कार्यालय नजिकैको मुख्य प्रदर्शन स्थल भत्काएको घोषणा गरेका छन् । विश्वविद्यालयका विद्यार्थी र वामपन्थी दलहरूको नेतृत्वमा रहेको समूहले राजधानीको गाले फेस समुद्री मार्ग छेउमा आफ्ना पालहरू खाली गरिरहेको बताए ।

नजिकैका होटेलहरूमा बाधा भएको दाबी गर्दै प्रहरीले उक्त स्थान खाली गर्न दिएको आदेशविरुद्ध अदालतमा गरेको उजुरी पनि फिर्ता लिएको समूहका प्रवक्ताले जनाएका छन् ।

कार्यकर्ताहरूले आफ्ना पालहरू उतार्दै र प्रशासन विरुद्धको संघर्ष गर्न खडा गरेका अन्य संरचनाहरू हटाउँदै गरेका तस्बिर सार्वजनिक भएका छन् ।

इन्धन, खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको अभावको विरोधमा अप्रिल ९ मा प्रदर्शनकारीले वृहत विरोध र प्रदर्शन सुरु गरेका थिए । जुलाई ९ मा हजारौँको संख्याका प्रदर्शनकारी राष्ट्रपति भवनतर्फ बढेपछि राजापाक्षेले बाध्य भएर राजीनामा दिएका थिए ।

राजापाक्षे सिंगापुर भागेर राजीनामाको घोषणा गरेको केही दिनपछि सेनाले दरबारका साथै प्रधानमन्त्रीको घर र कार्यालयमा कब्जा जमाउने प्रदर्शनकारीलाई हटाएको थियो ।

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ सुरु

काठमाडौं । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। नेपालसहित

इजरायली आक्रमणमा गाजामा ५० जनाको मृत्यु

गाजा । इजरायली आक्रमणमा  गाजामा कम्तीमा ५० जनाको मृत्यु भएको छ । गाजा पट्टीका

पहिलो श्रम गन्तव्य बन्यो यूएई

काठमाडौँ । पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ

प्रतिस्पर्धी अरब अर्थतन्त्रमा युएई पहिलो स्थानमा

अबुधावी । संयुक्त अरब इमिरेट्स अरब मुद्रा कोषद्वारा जारी गरिएको नवीनतम अरब आर्थिक प्रतिस्पर्धा

 सामाजिक सञ्जालमा हामी