हिन्दुराष्ट्र पुनर्स्थापना अभियानलाई सशक्त बनाउन राप्रपाको ‘कोष वृद्धि’ अभियान सुरु



काठमाडौं /  राप्रपाले हिन्दुराष्ट्र पुनर्स्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन ‘कोष वृद्धि’को अभियान सुरु गरेको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममार्फत अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई  जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आह्वानसहित बिहीबारदेखि ‘कोष वृद्धि’ अभियानको सुरु गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यसबारे प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिको पूर्णपाठ :

राप्रपाले नेपालमा वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह र संघसंस्थालाई  जोड्न, स्वदेश र विदेशमा रहेका नेपालीको साथ, सहयोग र समर्थनको आह्वान सहित आजदेखि “कोष वृद्धि“ अभियानको शुभारम्भ गरेको छ । काठमाडौंमा आज आयोजित एक समारोहबीच अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गर्नुभएको छ ।

वैदिक सभ्यताको जननी देवभूमी नेपाल ऋषि–महर्षी आदि पूण्यात्माले तपस्या गर्ने, हिमालय पर्वत श्रृङखला रहेको बौद्ध, चैत्य, गुम्बा, हिमाल,पहाड, तराई, पुण्य नदिहरूको वर्णन रहेको, अनेकौं देवी देवताहरूको मठ, मन्दिरले सुसज्जित, मौलिक भाषा, संस्कृति भएको साथै गौरवमय इतिहास बोकेको विश्वको मानचित्रमा चित्रित एकमात्र हिन्दुराष्ट्रको रुपमा परिचित थियो ।

अकारण र जनतालाई गुमराहमा राखेर जनअनुमोदन बिना नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउने दुष्कार्य भएकाले सनातन धारको शक्तिकेन्द्र निर्माण एवं वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना गर्ने अभियानमा राप्रपाले आर्थिक सहयोग जुटाउने अभियान सञ्चालन गरेको हो ।

राप्रपाले पार्टीका महामन्त्री एवं आर्थिक श्रोत व्यवस्थापन एवं परिचालन समितिका संयोजक महामन्त्री डा.धवल शमशेर राणाको संयोजकत्वमा अभियान अघि बढाउनेछ । यो अभियानका लागि राप्रपाले छुट्टै बैंक खाता सञ्चालन गरेको छ । कोषमा रकम पठाउनका लागि दाताले बैंक खातामा नगद, चेक जम्मा गर्न वा डिजिटल पेमेन्ट सिस्टम अन्तर्गत इ–सेवा, खल्ती लगायतका एप्सको प्रयोग गर्न सकिने व्यवस्था राप्रपाले गरेको छ ।
अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा खाता खोलेको छ । बैंकको खाता नम्बर ०४७००१०१०२९०९१०००००१ मा सिधै वा डिजिटल पेमेन्ट सिस्टम फोन पे बाट रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । राप्रपाले पहिलो दिनमै एक करोडको प्रतिबद्धता प्राप्त गरेको छ ।

मोहन श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख

माधव नेपाललाई अर्को धक्क: कृष्णहरिले छोडे एस

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहराका निवर्तमान मेयर कृष्ण हरि केसीले नेकपा (एकृकित समाजवादी)

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटोफिचर)

असोज ५, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष

राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको