अनेरास्ववियु सिन्धुपाल्चोकको तेस्रो पुर्ण बैठक सम्पन्न , भाद्र  १५ सम्म सबै पालिका कमिटीको विस्तारित बैठक सक्न निर्देशन



सिन्धुपाल्चोक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुपाल्चोकको तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ  ।

अनेरास्ववियु जिल्ला अध्यक्ष लक्ष्मण सिलवालको अध्यक्षतामा तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य दावा तामाङको प्रमुख आतिथ्यतामा आज होटेल सिन्धु मिलन जिरो किलोमा पुर्ण बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटी सदस्य एवम् पूर्व मन्त्री दावा तामाङले  सम्पूर्णलाई सङ्गठनमा कियाशिल भएर लाग्न आग्रह गर्नुभयो । उहाँले विभिन्न स्थानमा कमिटी निर्माण गर्न आवश्यक सहयोग पार्टीबाट र आफ्नो व्यक्तिगत रूपमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले जिल्ला कमिटीका साथीहरूलाई विभिन्न कार्यक्रमहरूमा सिन्धुपाल्चोक जिल्लाबाट अनेरास्ववियु केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने साथीहरूलाई साथ र सहयोग गर्न समेत निर्देशन दिनुभयो छ । उहाँले गत स्थानीय तह को निर्वाचनमा अनेरास्ववियुले निकै उल्लेख्य भूमिका खेलेको बताउनुहुँदै  अब हुने प्रदेश र सङ्घ को निर्वाचन मा पनि अनेरास्ववियुले उल्लेख्य भूमिका खेली नेकपा एमालेलाई सानदार रूपमा विजय गराउनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

बैठकमा अध्यक्ष सिलवालले रिपोर्टिङ र समीक्षा , कार्य योजना , सङ्गठन विस्तार , पालिका कमिटी बैठक , प्रतियोगिता कार्यक्रम सम्बन्धमा , परिचय वितरण कार्यक्रम लगायत  प्रस्तावहरू प्रस्तुत गर्नुभएको थियो ।

‘बैठकले भाद्र  १५ सम्म सबै पालिका कमिटीको विस्तारित बैठक सक्ने  र  मेलम्ची नगर कमिटीको विस्तारितत बैठक भाद्र १८ गर्ने निर्णय गरेको छ र उक्त विस्तारित बैठक सम्पन्न गर्न विभिन्न पालिकामा  पदाधिकारीहरुलाइ जिम्मा दिने निर्णय गरिएको ’,जिल्ला कमिटी सह सचिव नवीन पाण्डेले जानकारी दिनुभयो ।

‘साथै बैठकले विभिन्न क्याम्पस कमिटी र माध्यमिक तहसम्मका कमिटी निर्माण भदौ महिना भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न कमिटीको आयोजनामा शैक्षिक प्रतियोगितात्मक कार्यक्रमहरू सञ्चालन गर्ने र अनेरास्ववियु जिल्ला कमिटीको नियमित आर्थिक कारोबार लागि बैङ्क खाता खोली अध्यक्ष , सचिव र कोषाध्यक्ष को संयुक्त हस्ताक्षर रहने गरी खाता खोल्ने निर्णय समेत गरिएको , सह सचिव पाण्डेले बताउनुभयो

 

बैठकमा पार्टी जिल्ला कमिटी सचिव रामचन्द्र बस्नेत,पार्टी जिल्ला कमिटी उप-सचिव सुशीला पाख्रिन,पार्टी जिल्ला कमिटी सचिवालय सदस्य एवम् विद्यार्थी फाट इन्चार्ज चन्द्र थिङ,अनेरास्ववियु जिल्ला कमिटी पूर्व अध्यक्ष एवम् पार्टी जिल्ला कमिटी सदस्य चरी बहादुर तामाङ,पार्टी जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य विदुर भट्टराई,अनेरास्ववियु केन्द्रीय सदस्य वैकुण्ठ लुइँटेल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

पार्टी जिल्ला सचिव राम चन्द्र बस्नेत,नेकपा एमाले पार्टी जिल्ला उप सचिव सुशीला पाख्रिन, अनेरास्ववियु पूर्व अध्यक्ष एवम् पार्टी जिल्ला कमिटी सदस्य चरी बहादुर तामाङ, अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष एवम् नेकपा एमाले पार्टी जिल्ला सचिवालय सदस्य एवम् विद्यार्थी फाट इन्चार्ज चन्द्र थिङ लगायत  अन्य अतिथिहरुएले शुभकामना मन्तव्य राख्नुभएको थियो  ।

दुवाचौर भलिबलको उपाधी आयोजक योङ स्टार लाई

  मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा आयोजित जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल

माधव नेपाललाई अर्को धक्क: कृष्णहरिले छोडे एस

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहराका निवर्तमान मेयर कृष्ण हरि केसीले नेकपा (एकृकित समाजवादी)

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटोफिचर)

असोज ५, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष

राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था