मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ



काठमाडौँ । सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग रु एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै रु तीन लाख माग गरेकामा रु एक लाख रकम लिएर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

रकम ठगी भएसँगै महर्जनले भदौ ५ गते प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेकासँग रु एक लाख नगद र मोबाइल तीन थान बरामद गरेको छ । पक्राउ परेकामाथि प्रहरीले मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद–२१ को २४९ बमोजिम ठगी गर्न नहुने कसुरमा काठमाडौँ जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी