तत्काल वाम गठबन्धनको सम्भावना नरहेको एमाले निष्कर्ष, पार्टीभित्र एकढीक्का भएर चुनावको सामाना गरिने



काठमाडौं । नेकपा एमालेले तत्काल वाम गठबन्धनको सम्भावना नरहेको भन्दै एकढीक्का भएर चुनावको सामनागर्ने निष्कर्षमा पुगेको छ ।

स्थायी कमिटीको बैठकमा घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्ने बताए पनि आफूलाई वामपन्थी भन्नेहरु कांग्रेस छाडेर फर्किने अवस्थामा नरहेकाले त्यसमा अलमलिन नहुने निष्कर्ष बैठकले निकालेको हो ।
बैठकले अ अब कुनै पनि गठबन्धनको नाममा पार्टीभित्र अलमल वा फरक धाराणा बनाउन नहुने निष्कर्षसमेत निकालेको छ ।
‘प्रचण्ड र माधव नेपालहरु कांग्रेस छाड्नै नसक्नेगरी गठबन्धनमा बसेका छन् । उनीहरु एमालेकोविरुद्ध ८ दलीय गठबन्धन बनाउने भनेर हिँडेका छन् यस्तो बेला हामीले वामपन्थी गठबन्धन भन्नुको अर्थ छैन । त्यहाँभित्रका नेता कार्यकर्तालाई आफूतिर ल्याउने हो’ अधिकांश स्थायी कमिटी सदस्यको भनाइ थियो ।बैठकमा घनश्याम भुसाल, रघुजी पन्त, हिक्मत कार्की, शेरधन राई, शेरवहादुर तामाङ लगायतका नेताहरुले धारणा राख्नुभएको छ ।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारको मापदण्ड प्रस्ताव गरेको छ । सो प्रस्तावमाथि सबैको सुझाव लिएर केन्द्रीय कमिटीले पारित गरिने छ ।

बैठकमा बोल्ने अभिकाम्श नेताहरुले स्थानीय चुनावमा देखिएका कमजोरी दोहोरिन नदिने गरी पार्टीभित्र अध्यक्ष केपी ओलीको स्वरमा सबैको एक स्वर हुनुपर्ने बताउनुभयो ।

माधव नेपाललाई अर्को धक्क: कृष्णहरिले छोडे एस

काठमाडौ । काठमाडौको कागेश्वरी मनोहराका निवर्तमान मेयर कृष्ण हरि केसीले नेकपा (एकृकित समाजवादी)

राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत (फोटोफिचर)

असोज ५, काठमाडौं । संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष

राष्ट्रपतिको कदम संवैधानिक व्यवस्था माथि नै प्रहार : गठबन्धन

काठमाडौं, ५ असोज । राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था

राष्ट्रपतिलाई संविधान उलङ्घन गर्ने छुट छैन – नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नरायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट नभएको