समानुपातिक तर्फको निर्वाचनका लागि भदौ १० गतेबाट दल दर्ता



काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आव्हान गरेको छ ।

आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश भा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको हो ।

निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचना अनुसार भदौ १० गतेदेखि भदौ १२ गतेसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ ।

आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आव्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउदै

काठमाडौं : भुटानका राजा जिग्मे वाङचुक शुक्रबार बिहान नेपाल आउने भएका छन्। ड्रुक एयरको

नेपाल र चीनबीच के के भए सहमति र समझदारी ?

काठमाडौं : नेपाल र चीनबीच विभिन्न ९ वटा सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको

कोशी एमाले संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङ्थेप

विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विदुर लिङ्थेपले

 सामाजिक सञ्जालमा हामी