भिजिट भिसाको आवरणमा मानव तस्करी : ३९ महिला प्रहरी नियन्त्रणमा



काठमाडौँ । भिजिट भिसामा कुवेत हुँदै दुबई जान लागेका ३९ जना महिलालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएको छ ।

शंकास्पद कागजपत्र बोकेर जान लागेको भेटिएपछि त्रिभुवन अन्तर्राष्टिय सुरक्षा कार्यालयले पक्राउ गरी माइती नेपाललाई जिम्मा लगाएको छ ।

उनीहरू बुधबार बिहान ३ बजे जजीरा एयरको उडानमार्फत कुबेत जान लागेका थिए । भिजिट भिसाका लागि आवश्यक कागजात नभएकाले मानव तस्करीमा संलग्न समूहले कुबेत लैजान लागेको आशंकामा उनीहरूलाई रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले बताउनुभयो।

ती महिलाहरूलाई पीडितका रूपमा माइती नेपालमा पठाएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खाडीमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध छ । मानव तस्करको गिरोहले भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने गरिरहेका छन् ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी