युवा संघले सुरु गर्यो डेङ्गु नियन्त्रण अभियान



काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले डेङ्गु सचेतना तथा लामखुट्टे नियन्त्रण अभियान संचालन गरेको छ । ललितपुरको लगनखेल बसपार्कबाट सुरु भएको अभियान केही हप्ता चल्ने छ । यस अभियानको सुरुवात केन्द्रिय अध्यक्ष किरण पौडेलले गरेका थिए ।

काठमाडौ उपत्यका लगाएत अन्य शहरमा अहिले डेङ्गु फैलिरहेको छ । काठमाडौमा विभिन्न अस्पतालहरुमा डेङ्गुका बिरामीको अहिले उच्च चाप रहेको छ । स्थानीय सरकारले समेत यस प्रकोप विरुद्धमा अहिले सम्म बिशेष योजना बनाएको देखिदैन ।
राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कमिटीको आयोजनामा सुरु भएको यस कार्यक्रम ललितपुर जिल्लाका विभिन्न ठाउँमा संचालनहुने युवा संघका जिल्ला अध्यक्ष चिन लामाले बताए । राष्ट्रिय युवा संघ नेपालले काठमाडौमा फोहोरको बिकाराल समस्या हुदा समेत एघारौं दिन सम्म काठमाडौको विभिन्न ठाउँमा फोहोर उठाएको थियो । राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य अभिषेक तिवारी भन्छन् ,`राष्ट्रिय युवा संघ समाज र देशको पहरेदारी संगठन हो,जहाँ समस्या हुन्छ,त्यहाँ पुग्छ´ ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी