प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक नगरी बिदा हुने तयारीमा



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको १४ महिना पुग्दा समेत अझै सम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।

सम्पत्ति विवरण सार्वजनिक नगर्नेमा प्रधानमन्त्री देउवासहित गठबन्धनबाट सरकारमा सामेल भएका मन्त्रीहरूले समेत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगरेरै प्रधानमन्त्री र मन्त्रीहरू बिदा हुने तयारीमा छन् । पाँच दल मिलेर गठबन्धन सरकार बनाएपछि बिदा भएका मन्त्रीहरू वा बहालवाला मन्त्रीहरू मध्ये कसैले पनि हालसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भए पनि सार्वजनिक नगरी गोप्य राखिएको छ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको थियो ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय