२५ अर्बको ठेक्का हत्याउन फास्ट ट्र्याकमा चलखेल
नेपाल सेनाले निर्माण अघि बढाएको काठमाडौंलाई तराई र मधेससँग जोड्ने फास्ट ट्र्याकमा करिब २५ अर्ब रूपैयाँको ठेक्का हत्याउन दाउपेच भएको छ ।
सेनाले आह्वान गरेको बोलपत्रमा कानुनी छिद्र को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सरकारी उच्च अधिकारीलाई प्रभावमा पारेर आफ्नो पक्षमा ठेक्का पार्न लविङ गरिरहेका छन् ।