सशस्त्र प्रहरीद्वारा २८ लाख बढीको अवैध कपडा बरामद, तस्कर भाग्यो



रौतहट । रौतहटको दुई  छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीको टोलीले २८ लाख रुपैयाँ भन्दा बढीको अवैध भारतीय कपडा बरामद गरेको छ। तर दुवै स्थानमा अबैधरुपमा कपडा भित्र्याउने तस्कर भने पक्राउ पर्न सकेका छैनन्।

सशस्त्र प्रहरीको टोलीले बिहीबार चन्द्रपुर नगरपालिका ९ चेतनगरस्थित एउटा घरबाट  १३ लाख ४१ हजार ४ सय २० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा सशस्त्र सुरक्षा बेस मटीऔँन सन्तपुर र जिल्ला भन्सार कार्यालय गौरबाट खटिएको संयुक्त टोलीले बेवारिसे अवस्थामा १२ बोरा विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीका डीआईजी, सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए। त्यस्तै दुईदिन अघि सशस्त्र प्रहरी बल नेपाल ११ गण हेक्वा रौतहटले १५ लाख बढीको अवैध लत्ताकपडाहरू बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा गण बाट गएको टोलीले बौधिमाई नगरपालिका  ७ स्थित रौतहट बाराको सिमानामा रहेको अरुवा खोला पुल नजिकै टहरामा बेवारिसे अवस्थामा रहेको उक्त कपडा बरामद गरेको एसपी माधव रेग्मीले बताएका थिए।

बरामद लत्ताकपडाहरू राजश्व अनुसन्धान कार्यालय पथलैया र जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सार्वजनिक गरेको थियो।

तस्करहरुको समूहले भारतीय बजार बाट रातिराती ठूलो परिमाणमा अवैध रुपमा भित्रयाएको कपडा लुकाई छिपाई रौतहटको बिभिन्न स्थानमा राख्ने गर्दछन। पछि आफ्नो सुबिधा अनुसार जिल्लाको बिभिन्न बजारमा पुर्याउने गर्दछन।

यसरी बौधिमाई र चन्द्रपुरमा त्यत्रो ठूलो परिमाणको कपडा अवैध भण्डारण बारे सशस्त्र प्रहरीले सूचना सुराकी पाएर कपडा बरामद गर्छन् तर तस्कर बारे जानकारी नहुनु अथवा जानीजानी भगाएको भन्नेमा स्थानीयहरूले शंका गरिरहेका छन।

पछिल्लो समय रौतहटमा भारतीय कपडा मात्र नभई किराना, कस्मेटिक्स , हार्डवेयर, लगायत अनेकौं किसिमका सामानको तस्करी बढेको छ। तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी प्रायः असफल भएका छन।

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

टेरामक्सबारे मुद्दा चलाउदै अख्तियारः तानिएलान् ज्ञानेन्द्र कार्की, मोहन बस्नेत र गोकुल बास्कोटा ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार

 सामाजिक सञ्जालमा हामी