काठमाडौंमा ‘नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४’ ब्याडमिन्टन प्रतियोगित हुदै



काठमाडौं :  नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन भएको छ ।

संघका कोषाध्यक्ष तिलक पाण्डेले दिएको जानकारी अनुसार डिसेम्बर २३ देखि २६ तारिख सम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुनेछ ।

यो प्रतियोगिता सकिएको भोलिपल्टैदेखि नेपाल इन्टरनेशनल जुनियर प्रतियोगिता आयोजना हुनेछ ।

वल्र्ड ब्याडमिन्टन र ब्याडमिन्टन एशियाको प्रायोजन र राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालसहित २२ देशका खेलाडीले सहभागिता जनाउने छन् ।

उक्त प्रतियोगितामा नेपालसहित भारत, बंंगलादेश, अमेरिका, क्यानडासहित २२ देशले सहभागिता जनाउने कोषाध्यक्ष पाण्डेले जानकारी दिए ।

दुवै प्रतियोगिताका महिला र पुरुष खेलाडीलाई पुरस्कार प्रदान गर्दा मात्रै १५ हजार डलर खर्च हुनेछ ।

सिङ्गल्स र डबल्सका विजेताले १२ सय डलर प्राप्त गर्दा उपविजेताले ७२०, सेमिफाइनल पुगेकाले ३०० र क्वाटरफाइनलमा पुगेकाले १२० डलर पुरस्कार पाउने छन् ।

तेक्वान्दोको दुबै इभेन्ट्समा जेम्स स्कुललाई स्वर्ण

काठमाडौं, पुस ६ : जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा संचालन

कोशी प्राइड लिग (केपिएल) फागुनमा

काठमाडौं : कोशी प्राइड प्रा.ली. ले तेस्रो संस्करणको टी–२० कोशी प्राइड लिग (केपिएल)

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन

काठमाडौं, पुस ६ : आयोजक मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन स्कुलले दोश्रो

 सामाजिक सञ्जालमा हामी