सिन्धु विकास बैंकले ल्यायो सिन्धु महामुद्दती धमाका, ५ वर्ष १० महिनामा साँवा रकमको दोब्बर



मेलम्ची  / सिन्धु विकास बैंकले ५ वर्ष १० महिना अवधिमा साँवा रकमको दोब्बर हुने गरी व्यक्तिगत मुद्दती निक्षेप योजना ‘सिन्धु महामुद्दती धमाका’ योजना सञ्चालनमा ल्याएको छ।

बैंकले उक्त योजना अन्तर्गत ९ वर्ष ३ महिनामा साँवा रकमको तेब्बर, १३ वर्ष ७ महिनामा साँवा रकमको ५ गुणा तथा १९ बर्ष ५ महिनामा साँवा रकमको १० गुणा भुक्तानी हुने व्यक्तिगत मुद्दती निक्षेप योजनाहरु समेत सार्वजनिक गरेको छ। उक्त योजनाका लागि ‘सबै भन्दा अब्बल, पैसा हुन्छ डबल’ भन्ने नारा पनि सार्वजनिक गरेको छ।

योजनामा सहभागी हुन चाहनेले कम्तिमा २५ हजार रुपैयाँ जम्मा गर्नु पर्नेछ भने आवश्यक परेमा खातामा जम्मा भएको रकमको अधिकतम ९० प्रतिशत रकम कर्जा समेत लिन सकिनेछ।

सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकका रुपमा स्थापित सिन्धुले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवनसहित ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालय र एउटा सीमित बैंकिङ इकाइबाट वित्तीय कारोबार गर्दै आएको छ।

भदौ २९ देखि नयाँ नोट साट्न सकिने

काठमाडौं । दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न

सुनको मूल्य बढ्यो

काठमाडौं । सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार

सिक्लेस हाइड्रोपावरको भदौ २९ गतेदेखि आईपीओ खुल्ने

  काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले २९ भदौदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला

जुम्लामा करिब ५० करोडको स्याउ उत्पादन

कर्णाली ।  स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको