आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ सुरु



काठमाडौं । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। नेपालसहित विश्वभरका मानिसहरूले एक-आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन्।जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) सुरुवात भएको मानिन्छ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ। नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू भइरहेका छन्। इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केहीवर्ष अघिदेखि अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ।

विशेष गरी युवापुस्ताले अंग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन्। विदेशी पर्यटकको भिडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन्।

CCTV क्यामेरामार्फत काठमाडौं चिनियाँ नियन्त्रणमा रहेको खुलासा

काठमाडौं : अमेरिकी प्रविधिको सहयोगमा चीनले विस्तार गरेको निगरानी (सर्भेलेन्स) प्रणालीको प्रत्यक्ष असर

अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर बढ्डो

काठमाडौं : उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूमा आत्महत्याको दर गम्भीर रूपमा

अम्बानी निवासमा मेस्सीको विशेष भेट, भारतमा तेस्रो दिन पनि सेलिब्रेटीसँग भेटघाट जारी

नयाँदिल्ली — विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सी भारत आएको तेस्रो दिनमा प्रवेश

नेपाल – कतार कुटनितिक उपहार : रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे , भोली कतार उड्ने

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुर्‍याएको छ। चितवन

 सामाजिक सञ्जालमा हामी