नेप्सेमा दोहोरो अंकको सुधार



काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ । आज नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचक ५६ दशमलव ७३ अंकले बढेर दुई हजार ६१५ दशमलव ५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।२२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता सेयर किनबेचमा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४७ रुपैयाँको कारोबार भयो । आज सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी छ । यो कम्पनीको आज १४ करोड ५८ लाखभन्दा बढीको कारोबार भएको छ ।सबै समूहका सूचक शून्य दशमलव ८४ प्रतिशतदेखि तीन दशमलव ८८ प्रतिशतको हाराहारीमा बढेका छन् । ग्रीन डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र रसुवागढी हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ। ग्रीन डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३४१ रुपैयाँ पुगेको छ भने जानकी फाइनान्सको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेर प्रतिकित्ता ५७१ रुपैयाँ र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ३५१ रुपैयाँ १० पैसा पुगेको छ ।त्यस्तै, आज गोर्खाज फाइनान्सको सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेपाल – कतार कुटनितिक उपहार : रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे , भोली कतार उड्ने

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुर्‍याएको छ। चितवन

पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध भ्रष्टाचारको मुद्दा लिएर अख्तियार पुग्यो सर्वोच्च अदालत

काठमाडौं : भ्रष्टाचार विरोधी परिचय बनाएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध मेलम्ची

भन्सार छलीका १९ आइफोनसहित एक जना पक्राउ

काठमाडौं: भन्सार छलीका १९ थान आइफोनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ पुस ११ देखि १५ सम्म

काठमाडौं : चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ यही पुस ११ देखि १५ गतेसम्म हुने

 सामाजिक सञ्जालमा हामी