यस्ता छन् ढाड दुख्ने समस्याबाट छुटकारा पाउने घरेलु उपायहरु



एकै ठाउँमा लामो समयसम्म बसिरहने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने जस्ता विभिन्न कारणले ढाड दुख्ने समस्या आउँछ ।

ढाड दुखाइका कारण काममा बाधा पुग्ने र सामान्य दैनिक जीवनयापनमा समेत समस्या आउने भएकाले यो समस्यालाई चिन्ताजनक अवस्थामा पुग्न नपाउँदै घरेलु उपचारबाट राहत पाउन सकिन्छ ।

शारीरिक गतिविधि र शारीरिक कसरतका कामहरु नहुँदा ढाड दुख्ने समस्या धेरै हुने गर्छ । भारतकी न्यूट्रिशनिस्ट पूजा मखीजाका अनुसार ढाड दुख्ने समस्या दैनिक जीवनमा गर्ने कार्यहरुसँग जोडिएको हुन्छ । यसका साथै, भोकै रहने बानीले पनि शरीरमा क्यालोरीको मात्रा घटाउने र उर्जा कम हुन्छ ।

शरीरलाई उर्जा प्रदान गर्ने तत्वको कमि हुँदा पनि ढाडमा समस्या आउँछ । यसले गर्दा भोकले मांसपेशीलाई नोक्सान पुग्छ । यसले मेरुदण्डमा दबाब पैदा गर्छ । मेरुदण्डमा धेरै असर पर्ने कारण ढाड दुख्ने समस्या आउँछ । भिटामिन डीको कमिका कारण पनि ढाड दुख्ने समस्या आउने गर्छ । यसको लागि भिटामिन डीको मात्रा परीक्षण गर्नुपर्छ ।

यस्तो समस्यामा कालो तिल दुई चम्चा खाने गर्नुपर्छ । कालो तिलले शरीरमा क्याल्शियमलाई सोस्ने शक्तिमा सुधार ल्याउँछ । यसले हड्डीहरु स्वस्थ रहन मद्दत पुग्छ ।

यसका साथै, शारीरिक रुपमा सक्रिय रहँदा पनि यसको समस्या कम हुन्छ । सधैँ एउटै पोजिशनमा नबस्ने, हिँडडुल गर्ने जस्ता कार्यले यस्तो समस्याबाट राहत पाउन सकिन्छ । एजेन्सी

खेलाडीलाई ३ विषयको कक्षा

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय

श्री अन्तु पुग्न नागरिकलाई २ किलोमिटर हिँड्नुपर्ने, जेन–जी मन्त्रीको गाडी भने टुप्पामै

इलामको सूर्योदय नगरपालिका–स्थित श्री अन्तुमा सूर्योदय अवलोकन गर्न करिब २ किलोमिटर उकालो हिँड्नुपर्ने

लामो समय नास्तिक मानिएका एलन मक्स भन्छन , ‘सृष्टिको पछाडी कुनै शक्ति छ ‘

टेस्ला र स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत तथा विश्वका चर्चित अर्बपति एलन मस्कले सृष्टि

न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानी ओलम्पियन काजुमी नाकामुरा

काठमाडौँ: काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबमा जापानकी दुई पटककी ओलम्पियन काजुमी नाकामुराले आज

 सामाजिक सञ्जालमा हामी