खप्तड लघुवित्तको आइपिओ खुला



काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु एक करोड ३२ लाख मूल्य बराबरका एक लाख ३२ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपिओ०मार्फत बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गरेको साधारण शेयरमा कुल जारी पुँजीको ०।५ प्रतिशत अर्थात् दुई हजार कित्ता शेयर कर्मचारीलाई र निष्कासित शेयरको पाँच प्रतिशत अर्थात् छ हजार छ सय कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी एक लाख २३ हजार चार सय कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ ।

सर्वसाधारणले यही भदौ १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार तीन सय २० कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिमा मागबमोजिम आवेदन नआए भदौ २२ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युयर बीबी माइनस’ रेटिङ प्रदान गरेको छ । रासस

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

नेपालमा कम्पनी खोलेर अनलाइन ठगी गर्ने भारतीय गिरोह हेटौंडाबाट पक्राउ

हेटौंड : जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगी गर्ने गिरोहका ९ जनालाई पक्राउ गरेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

अलैँचीको भाउ तेब्बर बढ्यो

इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’

 सामाजिक सञ्जालमा हामी