माछा उत्पादनबाट मनग्य आम्दानी



विराटनगर । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाउनु भएको छ ।

अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बनाउनुभएको छ । मेहेनती अधिकारी पाँच वर्षदेखि यो पेशामा आबद्ध हुनुहुन्छ । एउटा पोखरीको माछा उत्पादनबाट आम्दानी हेरेर सङ्ख्या बढाएको उहाँको भनाइ  छ । उहाँले गएको वर्ष रु ४० लाखको माछा बिक्री गर्नुभएको थियो । अभियानमुखी बहुउद्देश्यीय कृषि फार्मबाट उहाँले माछाका दाना उत्पादन गर्ने कारखाना स्थापना गर्नुभएको छ । दाना उद्योगबाट वर्षेनी ४० टन दाना उत्पादन भइरहेको र प्रतिकेजी रु ५६ सम्म बिक्री भइरहेको बताइएको छ ।

पानीमा तैरने र नतैरने दुई किसिमको दाना उत्पादन गर्न अधिकारीले स्थानीयस्तरमा उत्पादन हुने मकै, धान खरिद गरी किसानलाई प्रोत्साहन गर्नुभएको छ । किसानले उत्पादन गर्ने धान, मकै, पीना, भटमास, तोरी र दालको भूस  माछाका दाना बनाउन खरिद गर्ने गरेको बताइएको छ । सात जनाले नियमित रोजगारी पाएको सो फार्मको विकास र उन्नतिका लागि प्रदेश नं १ सरकारले रु ३० लाख अनुदान दिएको अधिकारीले जानकारी दिनुभयो । प्राप्त अनुदानबाट रु ७५ लाखमा एक ठूलो गोदाम घर निर्माण भएको छ ।

रहु, भ्याकुर, ग्रासकार्प, नैनी जस्ता जातका माछा उत्पादन गर्ने र यसका लागि बजारको समस्या नभएको बताइएको छ । माछा उत्पादक अधिकारीले माछाको दाना उत्पादन गर्न ठूलो क्षमताको मेसीन आवश्यक रहेको र यसबाट उत्पादित दाना अन्य माछापालन गर्ने व्यवसायीलाई सहयोग पुग्ने भएकाले प्रदेश सरकारले आर्थिक अनुदान दिनुपर्ने माग गर्नुभयो । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले आफ्नै पौरख, क्षमता र लगानी गरी राज्यको उत्पादनमा सहयोग गर्ने किसानलाई उचित मूल्याङ्कन एवं सहयोग हुनुपर्ने बताउनुभयो ।

प्रदेशमा हालसम्ममा १० हजार सात सय ७५ पोखरीअन्तर्गत एक हजार नौ सय ६२ दशमलव ३६ हेक्टर जलाशय क्षेत्रबाट कूल नौ हजार आठ सय २० मेट्रिकटन माछा उत्पादन भएको छ । आव २०७७/७८ भन्दा गएको आवमा पोखरीको सङ्ख्या र जलाशय क्षेत्र पनि बढेको छ । अघिल्लो आवमा नौ हजार एक सय ६० मेट्रिक टन माछा उत्पादन भएको निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाले जानकारी दिनुभयो ।

ट्राउट माछातर्फ आव २०७७/७८ मा सङ्ख्या एक सय ८१ बाट गएको वर्षमा तीन सय ६२ पुगेको छ । जलाशय क्षेत्र तीन हजार छ सय ११ हेक्टरबाट छ हजार आठ सय ५० पुगी गएको वर्षमा ३८ मेट्रिक टन ट्राउट माछा उत्पादन भएको छ । यस क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउन जलाशय क्षेत्रको पहिचान गरी माछा उत्पादन एवं माछापालनमा किसानलाई प्रोत्साहन गर्नु पर्ने भन्दै प्रदेश नं १ का कृषि सचिव मोघनाथ तिमल्सेनाले भन्नुुभयो, “अब कृषि उत्पादन वृद्धि नगरी मुलुकमा समृद्धि आउँदैन ।”

मोहम्मद सदरुल / रासस

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

नेपालमा कम्पनी खोलेर अनलाइन ठगी गर्ने भारतीय गिरोह हेटौंडाबाट पक्राउ

हेटौंड : जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगी गर्ने गिरोहका ९ जनालाई पक्राउ गरेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

अलैँचीको भाउ तेब्बर बढ्यो

इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’

 सामाजिक सञ्जालमा हामी