रु एक करोड पच्चीस लाख राजश्व सङ्कलन



तनहुँ । व्यास नगरपालिकाले एक महिनाका अवधिमा रु एक करोड पच्चीस लाख बत्तीस हजार एक सय ४४ राजस्व सङ्कलन गरेको छ । गत साउन मसान्तसम्मका अवधिमा आन्तरिक आयबाट उक्त राजस्व सङ्कलन गरेको हो ।

नगरपालिकाले टोल फ्रि कल सेन्टर, नागरिक सहायता कक्ष, वडा कार्यालयमा यही भदौ १ गतेदेखि सञ्चालन गरिसकेको छ । आर्थिक ऐनले तोकेको दस्तुर बाहेक अन्य फोटोकपी, निवेदन दस्तुर लगायतका सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।

सो नगरपालिकाभित्र लिफ्टिङ खानेपानी योजना र सडक बत्तीमा स्थानीय उपभोक्ताबाट भुक्तानी भएको मासिक विद्युत् महसुलको विवरण वडा कार्यालयमार्फत हुने जनाइएको छ ।

गण्डकी प्रदेश सरकारबाट व्यास–१ स्थित निर्मल माध्यमिक विद्यालयको भवन र प्रयोगशाला निर्माण कार्यक्रमका लागि रु तीन करोड विनियोजन भएको छ ।  बोलपत्र प्रक्रियाबाट प्रारम्भ हुने योजनाको २०७९ पुस मसान्तभित्र सम्झौता गर्ने गरी प्रक्रिया अघि बढाउने , २०८० जेठ मसान्तभित्र योजनाको मूल्याङ्कन र भुक्तानीको व्यवस्था मिलाउने गरी कार्यतालिका बनाइएको छ ।

नेपाल – कतार कुटनितिक उपहार : रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे , भोली कतार उड्ने

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुर्‍याएको छ। चितवन

पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध भ्रष्टाचारको मुद्दा लिएर अख्तियार पुग्यो सर्वोच्च अदालत

काठमाडौं : भ्रष्टाचार विरोधी परिचय बनाएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध मेलम्ची

भन्सार छलीका १९ आइफोनसहित एक जना पक्राउ

काठमाडौं: भन्सार छलीका १९ थान आइफोनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ पुस ११ देखि १५ सम्म

काठमाडौं : चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८१ यही पुस ११ देखि १५ गतेसम्म हुने

 सामाजिक सञ्जालमा हामी